ओलीले दिए सत्ता गठबन्धनलाई हुँडारको संज्ञाः ‘जिउँदै टोक्ने कोसिस भएको छ’
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनलाई हुँडारको संज्ञा दिएका छन् । शुक्रबार सुनसरीको धरानमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पछिल्लो पटक वामपन्थी आन्दोलन थिति विधिअनुसार नचलेको भन्दै एमाले जनताको पार्टी भएकाले त्यसको प्रतिवाद गरिरहेको बताएका हुन् । ओलीले भने ‘पछिल्लो पल्ट त वामपन्थी आन्दोलनलाई थिति, विधि...