November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल एमालेमा प्रवेश

2.2K

काठमाडौं । पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल नेकपा एमालेमा प्रवेश गरेका छन् । उनलाई एमाले अध्यक्ष केपी शर्मा ‌ओलीले स्वागत गरेका थिए ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा खनाललाई पार्टीमा ओलीले स्वागत गरेका हुन् । यसअघि पूर्व डीआईजी नवराज सिलवाल पार्टी प्रवेश गर्नासाथ सांसद भएका थिए ।

तर यता, महानिरीक्षकबाट सेवानिवृत्त हुँदादेखि नै खनाल एमालेमा प्रवेश गर्ने तयारीमा थिए । तर समयको पर्खाइसँगै चुनाव आइरहँदा उनी ढिला गरी एमालेमा छिरेका हुन् ।

Advertisement

ओली प्रधानमन्त्री रहेकै बेलादेखि तत्कालीन महानिरीक्षक खनालले एमालेका लागि काम गर्दै आएका थिए । खनाललाई जनता समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवलाई अपहरण गरेको आरोप लागेको थियो ।