November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

ओलीले दिए सत्ता गठबन्धनलाई हुँडारको संज्ञाः ‘जिउँदै टोक्ने कोसिस भएको छ’

२०७९ कार्तिक २५

1.8K

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनलाई हुँडारको संज्ञा दिएका छन् । शुक्रबार सुनसरीको धरानमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पछिल्लो पटक वामपन्थी आन्दोलन थिति विधिअनुसार नचलेको भन्दै एमाले जनताको पार्टी भएकाले त्यसको प्रतिवाद गरिरहेको बताएका हुन् ।

ओलीले भने ‘पछिल्लो पल्ट त वामपन्थी आन्दोलनलाई थिति, विधि नियमअनुसार होइन । अंग्रेजीमा ‘हाइना’ भन्छ । नेपालीमा हुँडार भन्छ, त्यसले मारेर शिकार खाने होइन । ज्यूँदै खान्छ त्यसले, जिउँदै टोक्छ’, । साथै अध्यक्ष ओलीले एमालेलाई सिध्याउँछौ भनेर केही नेताहरूले घोषणा नै गरेको बताएका छन्।

‘नेकपा एमालेलाई चारैतिरबाट जिउँदै टोक्ने कोसिस भएको भन्दै उनले भने खुट्टा भेटे खुट्टै, हात भेटे हातै टोक्याछ, टाउको भेटे टाउकै टोक्याछ’, ‘उद्घोष पनि धेरैले गरे । भित्तामा टास्ने, धुलो बनाउने दिउँसै टर्च बालेर हिँडने र सिध्याउने भने । ’

Advertisement

सम्बोधनको सुरुमै अध्यक्ष ओलीले जसपाका नेता अशोक राईलाई आफ्नो उपाध्यक्ष भएको टिप्पणी गरेका थिए । ‘२०४७ साल वैशाख १८ गतेको धरानमा भएको कार्यक्रममा मसहित अशोक राई पनि हुनुहुन्थ्यो । भीम आचार्य र अरु साथीहरू पनि हुन्नुहुन्थ्यो’, अशोक राईतर्फ फर्केर उनले भने, ‘अशोक राई त मेरो उपाध्यक्ष नै हो नि !’