काठमाडौं । नेकपा एमालेले स्थायी कमिटी सदस्य तथा मधेश प्रदेश सहइन्चार्ज प्रभु साहलाई पार्टीबाट निष्कासन गरेको छ । महासचिव शंकर पोखरेलले परिपत्र जारी गर्दै पार्टीबाट निष्कासन गरेको जनाइएको छ ।
रौतहट जिल्ला इन्चार्ज उपेन्द्र शाह र सहइन्चार्ज कुन्दनप्रसाद कुशवाहलाई पनि साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको परिपत्रमा उल्लेख गरीएको छ ।
प्रभु साहले रौतहटको निर्वाचन क्षेत्र नम्बर–३ बाट बागी उम्मेदवारी दिएका छन् । साहलाई सत्ता गठबन्धनले समर्थन गर्ने निर्णय गरेको छ ।माओवादीका उम्मेदवार धीरज पटेललाई फिर्ता गराएर गठबन्धनले साहलाई समर्थन गर्ने भएको हो ।