November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

ओलीबाट धोकाघढीको राजनीति भइरहेको छ: सुदेश पराजुली

1.5K

काठमाडौं। नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य सुदेश पराजुलीले धोकाघढीको राजनीति केपी ओलीबाट भइरहेको बताएका छन्। उनले अझै पनि राजनीतिमा अराजकतावाद र असहिष्णुको मुख्य भकारी ओली नै भएको टिप्पणी गरेका हुन्।

पराजुलीले राजनीतिमा झुट, छलछाम, गालीगलोज, आरोप-प्रत्यारोप, विधि पद्धतिको उल्लंघन, सहमतिमा धोकाधडीको शुरूवात एमाले अध्यक्ष ओलीबाट नै भएको उनको आरोप छ।

एकीकृत समाजवादीले सुदूरपश्चिम प्रदेशमा केन्द्रीय समीकरणको सल्लाहविपरीत नेपाली कांग्रेसले समर्थन गरेका व्यक्तिलाई मुख्यमन्त्रीमा साथ दिएपछि ओलीले आक्रोश पोखेका थिए ।

Advertisement

जवाफमा पराजुलीले अराजनीतिक एकीकृत समाजवादी नभई केपी ओली र ओली प्रवृत्ति भएको आरोप लगाएका हुन्। ‘अराजनीतिक नेकपा एकीकृत समाजवादी होइन, कमरेड केपी ओली र ओली प्रवृत्ति हो। अझै पनि राजनीतिमा अराजकतावाद र असहिष्णुको मुख्यरठूलो भकारी ओली प्रवृत्ति र ओली हुन्,’ उनले भनेका छन्, ‘नेपाली राजनीतिमा झुट, छलछाम, गालीगलोज, आरोप(प्रत्यारोप, विधि पद्धतिको उल्लंघन, सहमतिमा धोकाधडीको शुरूवातत कमरेड ओलीबाट नै भएको छ।’

एकीकृत समाजवादीले सुदूरपश्चिमको मुख्यमन्त्री पहिले आफूहरूले पाउने सहमति भएको दाबी गर्दै आएको छ। आफ्नो भागमा परेको मुख्यमन्त्री नागरिक उन्मुक्तिलाई दिन खोजिएपछि असन्तुष्ट एकीकृत समाजवादीले सुदूरपश्चिममा कांग्रेसले समर्थन गरेका लक्ष्मण किशोरलाई साथ दिएको हो।