काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेलाई एकीकृत समाजवादी बास्ना आउन थालेको बताएका छन् । आज शनिबार काभ्रेको बनेपामा पार्टीको १०औं जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले समय र परिस्थितिले एमालेका नेताहरूलाई एकीकृत समाजवादी बास्ना आउने अवस्थामा ल्याइ पु¥याएको बताएका हुन् ।
माओवादीसहितको नयाँ गठबन्धनमा सहभागी भएको समाजवादीलाई सरकारमा आउन एमाले अध्यक्ष केपि ओलिले नै आग्रह गरेको बताउदै उनले राजनीतिमा स्थायी शत्रु र मित्र नहुने उल्लेख गर्दै देशको राजनीतिक अस्थिरता जोगाउन एकीकृत समाजवादीले भूमिका खेलेको धारणा राखे ।
अध्यक्ष नेपालले कुनै बेला केपि ओलिले माधव नेपालसँग बोल्दा मुख कुल्ला गर्नु पर्ने भनाइलाई इंकित गर्दै अरुले हल्ला गरे जस्तो एकीकृत समाजवादी र एमालेको एकता सम्भव नहुने प्रष्ट पारेका हुन् ।