April 2, 2025, Wednesday
२०८१ चैत्र २०
1:37:26 pm

ओलीको अंहकार कायम छ- माधव नेपाल

955

काठमाडौं। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको अंहकार कायम रहेको आरोप लगाएका छन् । शनिबार राजधानीको डिल्लिबजारस्थित नेपाल साँस्कृतिक संघको सभाहलमा आयोजित कोशी सम्पर्क प्रदेश कमिटीको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो आरोप लगाएका हुन् ।

पूर्व प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले ओलीमा व्यक्तिवाद हावी भएकाले आफ्नै नाममा खेलकुद प्रतियोगिताहरू गरेको टिप्पणी गरे। उनले भने, ‘एउटा पार्टी छ, जसले आफ्नो नेताको नाममा प्रतिष्ठान खोलिदिएको छ। आफ्नै नेताको नाममा खेलकुद प्रतियोगिता गरिदिएको छ। ज्युँदै फेरि। पुष्पलालको नाममा भएको भए राम्रै हुन्थ्यो। मनमोहनजीको नाममा भएको भए गज्जबको राम्रो हुन्थ्यो। मदन भण्डारीको नाममा भएको भए क्यावातको कुरा हुन्थ्यो।’

नेकपा एमालेको खेलकुद संगठनले केपी ओली कप फुटबल र केपी ओली कप क्रिकेट प्रतियोगिता आयोजना गरेको थियो। अध्यक्ष नेपालले २० वर्ष अझै पार्टीको नेतृत्व गर्छु भने पनि ओलीलाई चुनौती दिनेहरू नजन्मिएको दाबी गरे। ओलीले पार्टीमा धेरैलाई मानमर्दन गरेको नेपालले बताए ।

Advertisement

उनले अगाडि भने,‘समाजमा सम्बन्धहरु किन बिग्रन्छन्? किनभने व्यवहार गर्न नजानेर।अहंकार बोकेर। अरुको मानमर्दन गरेर। अनि अरुलाई दास सरह व्यवहार गरेर।’