April 2, 2025, Wednesday
२०८१ चैत्र २०
1:37:26 pm

स्वतन्त्र गणतान्त्रिक समाजवादी मोर्चा पार्टी एकीकृत समाजवादीमा समाहित

२०८० फाल्गुन १३

1K

झापा । स्वतन्त्र गणतान्त्रिक समाजवादी मोर्चा नामक पार्टी नेकपा एकीकृत समाजवादीमा समाहित भएको छ । चार बुँदे सहमतिसहित माओवादीमा विद्रोह गर्दै माओबादी प्रदेश कमिटी सदस्य बासु दुलालको नेतृत्वमा बनेको मोर्चा शनिबार बिर्तामोड औपचारिक रूपमा नेकपा (एस) मा समाहित भएको हो ।

नेपा एसमा समाहित हुनेमा संयोजक दुलाल, सदस्य गोपी अधिकारी, नन्दीकेशर पोखरेल, प्रकाश भारती, सुदिप खवास, डा. मुरलीप्रसाद साह, इन्दु खवास कट्टेललगायत रहेका छन् ।

कार्यक्रममा उक्त मोर्चा नेकपा (एकीकृत समाजवादी) मा समाहित भएको घोषणा गर्दै नेता दुलालले जनताको समाजबादसम्म पुग्ने सपना साकार पार्न स्पष्ट बिचार बोकेको पार्टी नेकपा एस भएकाले मोर्चालाई समाहित गरेको प्रस्ट पारेका छन् ।

Advertisement

नेकपा (एस) का नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले मोर्चाका संयोजक दुलालसहित ७५ जना नेता कार्यकर्तालाई पार्टीमा स्वागत गरेका थिए ।

कार्यक्रममा नेकपा एमाले, मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादी, राप्रपा र अन्यदलबाट ४० जना गरी १ सय १० जना पार्टी प्रवेश गरेको नेकपा ९एस० झापा अध्यक्ष बेदराज रेग्मीले जानकारी दिए ।