काठमाडौं । नेकपा एकीकृत समाजवादी सुदूरपश्चिम प्रदेश सरकारबाट बाहिरिएको छ । एकीकृत समाजवादीबाट आर्थिक मामिला मन्त्री रहेका नरेश शाहीले बिहीबार बिहान मुख्यमन्त्री कमलबहादुर शाहलाई भेटेर सरकारबाट बाहिरिएको बताएका हुन् ।
शाही बाहिरिएपछि आर्थिक मामिला मन्त्रालय मुख्यमन्त्री आफैंले राखेका छन् । सरकारबाट बाहिरिएसँगै आजै समर्थन पनि फिर्ता लिने समाजवादीले जनाएको छ ।
प्रदेश सरकारबाट माओवादी केन्द्र पनि बुधबार बाहिरिएिको थियो । अब मुख्यमन्त्रीसँग नागरिक उन्मुक्ति पार्टीको मात्रै समर्थन छ । मुख्यमन्त्रीसँग नेपाली कांग्रेसको १८ र नागरिक उन्मुक्तिको ७ गरी २५ सांसदको मात्र समर्थन छ ।
५३ सदस्यीय प्रदेश सभामा सरकार जोगिन २७ सांसदको समर्थन आवश्यक हुन्छ ।