October 25, 2025, Saturday
२०८२ कार्तिक ९
1:37:26 pm

यू–२० एएफसी एसियन कप: नेपालद्धारा साउदी अरेबिया १–० ले पराजित

835

काठमाडौं । यू–२० एएफसी एसियन कप छनोटमा नेपालले साउदी अरेबियालाई १–० ले हराएको छ । शुक्रबार भुटानको थिम्पुस्थित चाङलिमिथाङ रंगशालामा भएको खेलमा सब्स्टिच्युट सुक्रिया मियाँले खेलको ९० औं मिनेटमा गरेको गोल निर्णायक भएको हो ।

पेनाल्टी एरियामा अनमार्क रहेकी सुक्रियाले खेलको एक मात्र गोल गरिन् । खेलको यो नतिजापछि नेपालको छनोट सम्भावना कायम रह्यो ।

अब नेपालको तेस्रो तथा अन्तिम खेल उत्तर कोरियाविरुद्ध रहेको छ । यो जितपछि नेपालको दुई खेलबाट चार अंक भएको छ ।

Advertisement

नेपालले यसअघि भुटानसँग पनि बराबरी खेलेको थियो । भुटानको एक अंक रहेको छ । शुक्रबारकै दोस्रो खेलमा उत्तर कोरियाले भुटानको सामना गर्नेछ र उसको तीन अंक छ । त्यसमा जित निकाल्दै बलियो उत्तर कोरियाले आफ्नो छनोट सम्भावना बलियो बनाउन सक्नेछ ।