February 9, 2025, Sunday
२०८१ माघ २७
1:37:26 pm

आदिवासी जनजाति महासंघ अस्ट्रियाले भव्य रुपमा मनायो ल्होसार तथा माघे संक्रान्ति

5.1K

अस्ट्रिया। नेपाल आदिवासी जनजाति महासंघ अस्ट्रियाले हरेक साल मनाउँदै आइरहेको ल्होसार तथा माघे संक्रान्ति यसपटक पनि भव्य रुपले मनाएको छ।

नेपालका ख्याती प्राप्त कलाकार विजय लामा र स्थानीय कलाकारहरुको प्रस्तुति रहेको कार्यक्रममा भियना, साल्ज्वर्ग, ग्राज, लिञ्जबाट नेपालीहरू र स्थानीय अस्ट्रियनहरू उपस्थित थिए । कार्यक्रममा गणतन्त्र चेक, स्लोभाकिया र जर्मनीबाटसमेत नेपालीहरुको उपस्थिति रहेको थियो।

दुई चरणमा विभाजित कार्यक्रमको पहिलो चरण मनि राज थेबे र सचेता राईले संचालन गरेका थिए भने दोश्रो चरणको सांस्कृतिक कार्यक्रम सचेता राई र सादगी गान्धीले संचालन गरेका थिए।

Advertisement

नेपाल आदिवासी जनजाति महासंघ अस्ट्रिया अध्यक्ष तुल बहादुर गुरुङ्गको सभापतित्वमा सम्पन्न कार्यक्रमको प्रमूख अतिथि नेपाली राजदूतावास भियनाका सचिव अनिल लम्साल रहेका थिए।

त्यसै गरि निफिन अन्तर्राष्ट्रिय समिति सदस्य भुपिन्द्र गुरुङ्ग, एनआरएनए युरोप महिला उपसंयोजक भवानी तिवारी, आइसीसी सदस्य मनोज विष्ट , एनसीसी अस्ट्रिया अध्यक्ष ध्रुब बहादुर पौडेल, नेसास अस्ट्रिया अध्यक्ष रुक्मिणी पौडेल, आना अध्यक्ष हरि राणा, नेपाल अस्ट्रिया सोसाइटी अध्यक्ष शिला स्टाईनर, स्पोर्ट क्लब भियना सगरमाथा अध्यक्ष मान्फ्रेड आनराईतर, तिबेटियन समाज अध्यक्ष ताग्लुङ्ग नवाङ्ग लोब्साङ्ग, नेपाल आदिवासी जनजाति महासंघ अस्ट्रिया निवर्तमान अध्यक्ष स्वेता बज्राचार्य, ईनास अस्ट्रिया अध्यक्ष कुमार अधिकारी र समाजसेवी निलम सिन्चुरी विशेष अतिथिको रुपमा उपस्थित रहेका थिए।

सभापति र प्रमूख अतिथिद्वारा संयुक्त रुपमा पानसमा दीप प्रज्वलन गरि कार्यक्रमको उद्घाटन गरिएपश्चात नेपाल तथा अस्ट्रियाको राष्ट्र गान बजाईएको थियो।

कार्यक्रमको अर्को प्रभावकारी पक्ष रहेको थियो ल्होसार पर्वबारे तयार पारिएको सूचनामूलक भिडियो प्रस्तुति। ल्होसार पर्व कहिलेदेखि मनाउन शुरु गरियो, कुनकुन महिनामा कसरी मनाइन्छ ? भन्ने जानकारी रहेको भिडियो प्रस्तुतिले वास्तवमा अस्ट्रियामा पनि किन वर्षौंदेखि ल्होसार कार्यक्रमको आयोजना हुँदै आइरहेको छ भन्ने कुराको पुष्टि गरेको कार्यक्रममा उपस्थित नेपालीहरुको अभिव्यक्ति रहेको थियो।

नेपाल आदिवासी जनजाति महासंघ अस्ट्रियाको २३-२५ कार्यकालको लागि संरक्षक तथा सल्लाहकार समिति सदस्यहरुको घोषणा तथा अभिनन्दन पश्चात महासंघ अस्ट्रियाको तर्फबाट महिला उपाध्यक्ष तथा कार्यक्रम संचालिका सचेता राई स्वयंले स्वागत मन्तव्य दिएका थिए भने प्रमूख अतिथि लम्सालले शुभकामना मन्तव्य राखेका थिए।

प्रतिभा कार्की द्वारा कोरियोग्राफी र संयोजन रहेको बाल कलाकारहरू मानुसी भण्डारी, आर्या सापकोटा , आरोन गुरुङ्ग, आरिसा गुरुङ्ग , क्रिस्टिना भूजेल , आयान घिमिरे, निहारिका खड्का, बेला खड्का, अबि राज थेबे, रिवाज पाण्डे, गिता गुरुङ्ग, नविना कँडेल, दिउ छन्त्याल, निसा छन्त्याल, जुना छन्त्याल, रुचि पुन, माया शेर्पा र दावा शेर्पा तथा गृश्मा खड्काले नृत्य प्रस्तुत गरेका थिए । त्यसैगरी अस्ट्रियामा ख्याति प्राप्त नृत्य कलाकारहरु मन्जु खड्का , मुना गुरुङ्ग , दिक्षा थापा र सम्झना गिरी समेतले नृत्य प्रस्तुति दिएका थिए।

दि भोइस ओफ किड्स नेपाल सिजन २ की फाईनल प्रतिस्पर्धी निहारिका खड्का र विजय लामाको प्रस्तुतिमा नेपालीहरु अबेरसम्म मनोरन्जनमा रमाएका थिए। कार्यक्रमको अन्तमा सभापति गुरुङ्ग द्वारा कार्यक्रम सफल पार्न आर्थिक तथा भौतिक रुपमा सहयोग गर्नुहुने बिभिन्न व्यक्तिहरु, कार्यक्रम संचालक / संचालिका तथा कलाकारहरुलाई धन्यवाद व्यक्त गर्दै समापन गरिएको थियो।