April 13, 2025, Sunday
२०८१ चैत्र ३१
1:37:26 pm

सिन्धुलीबाट हेटौंडातर्फ जाँदै गरेको बस दुर्घटना हुँदा ३० जना घाइते

355

काठमाडौं । सिन्धुलीबाट हेटौंडातर्फ जाँदै गरेको बस दुर्घटना हुँदा ३० जना घाइते भएका छन् । धरान—चतरा सडक खण्डको बकैया गाउँपालिका—३ चिसापानी बजारमा बुधबार राति बस दुर्घटना भएको हो ।

प्रहरीका अनुसार बा.प्र.०६–००१ ख ०२७० नम्बरको रिजर्भ बस घुम्तीमा एक्कासि पल्टिएको हो । दुर्घटनाका १६ जना घाइतेहरुलाई प्रहरी र स्थानीयवासीले राति नै उद्धार हेटौंडा ल्याएको थियो । बाँकी १४ जना घाइतेलाई बकैयास्थित स्वास्थ्य केन्द्रमा उपचार गराउन राखिएको प्रहरीले जनाएको छ ।

हेटौंडा ल्याइएकामध्ये चार जना घाइतेलाई थप उपचारका निम्ति चितवन लगिएको छ । हेटौंडा अस्पताल र हेटौंडास्थित सहकारी अस्पतालमा ८ जना उपचार भइरहेको छ । चार जना सामान्य उपचारपश्चात घर फर्किसकेका छन् । बकैयास्थित स्वास्थ्य चौकीमा उपचार गराइरहेका घाइतेहरुको अवस्था पनि सामान्य रहेको प्रहरीले जनाएको छ ।

Advertisement

बसका चालक फरार रहेको प्रहरीले बताएको छ ।