April 28, 2025, Monday
२०८२ बैशाख १५
1:37:26 pm

हङकङको महावाणिज्यदूतमा डा. विन्देश्वर लेखक नियुक्त

610

काठमाण्डौं । नेपाल सरकारले हङकङको महावाणिज्यदूतमा डा. विन्देश्वर लेखकलाई नियुक्त गरेको छ । सोमबार साँझ सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले उनलाई महावाणिज्यदूत नियुक्त गर्ने निर्णय गरेको हो ।

सुदूरपश्चिमको बैतडी घर भएका लेखक यस अघि बेइजिङस्थित नेपाली दूतावासमा डिसिएमको रुपमा कार्यरत रहेका थिए । पोस्टिङका लागि केही समयअघि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट परराष्ट्र मन्त्रालयमा सरुवा भएका उनी अब हङकङमा कूटनीतिक जिम्मेवारी सम्हाल्नेछन्।

परराष्ट्र मन्त्रालयका सहसचिव लेखक केही दिनमा नै हङकङ प्रस्थान गर्ने भएको छन् ।

Advertisement

हङकङको महावाणिज्यदुतमा कार्यरत उदय बहादुर राना मगरको कार्यकाल सकिएपछि सोही कार्यालयमा रहेका मनाङका सतिश गुरुङले निमित्तको रुपमा काम गरिरहेका छन् ।