May 21, 2025, Wednesday
२०८२ जेष्ठ ८
1:37:26 pm

निर्वाचन आयोगको निर्णयमा आरजु राणाको आपत्ति

1.8K

काठमाडौं । निर्वाचन आयोगको पछिल्लो निर्णयमा नेपाली काँग्रेस नेतृ आरजु राणा देउवाले आपत्ति जनाएकी छन् । प्रधानमन्त्री शेरबहादुर देउवा पत्नीसमेत रहेकी आरजुले निर्वाचन आयोगले ‘राजनीतिक दलहरूले कुनै एक पदमा मात्र उम्मेदवारी दिँदा महिलालाई अनिवार्य गर्नुपर्ने’ प्रावधान कायम गरेपछि आपत्ति जनाएकी हुन् ।

उनले भनेकी छन्, ‘नेपालको संविधानको धारा ३८ (४) लाई कुल्चने अधिकार निर्वाचन आयोगलाई नरहेकोबारे निर्वाचन आयोगलाई अवगत गराउँदै प्रमुख निर्वाचन आयुक्तज्यू र निर्वाचन आयोगका अन्य सदस्यज्यूहरूलाई नेपालको संविधानलाई उच्च सम्मान गर्दै यो निर्णय सच्याउन हुन हार्दिक अनुरोध गर्दछु ।’

स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा १७ (४) मा राजनीतिक दलहरूले स्थानीय तहको प्रमुख र उपप्रमुख पदमा उम्मेदवारी दिँदा ५० प्रतिशत स्थानमा महिला उम्मेदवार बनाउनुपर्ने व्यवस्था छ ।

Advertisement

निर्वाचन आयोगको विज्ञप्ति ।