काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले ढाकाकुमार श्रेष्ठलाई पार्टीको साधारण सदस्य र सांसद पदबाट निष्कासन गरेको छ ।
२ करोड अडियो काण्डमा उनको नाम मुछिएपछि पार्टीले साधारण सदस्य र सांसद पदबाट निष्कासन गरेको हो ।
सो पार्टीको बुधबार बसेको बैठकले सांसद पद खारेज गरी रिक्त ठाउँमा विन्दबासिनी कंसाकारलाई निर्वाचित गर्ने निर्णय समेत गरेको छ ।
बैठकपछि पत्रकार सम्मेलनमा रास्वपाका सभापति लामिछानेले बैठकमा श्रेष्ठले रकम मागेको सम्बन्धी अडियो आफ्नो नभएको जिकिर गरेको बताए । त्यस्तै उनले अडियो तीन महिना अघिको भएको स्वीकारेसँगै उनी आफ्नै स्पष्टीकरणबाट भने फसेका छन् ।
यसअघि पनि उनले एक जना यु–ट्युबरसँगको अन्तर्वार्ताका क्रममा आफूले दुर्गा प्रसाईँलाई नचिन्ने तर कसैले आफ्नो मोबाइलको दुरुपयोग गरेर फोन गरेको हुन सक्ने आशंका व्यक्त गर्दै सबैलाई सोच्न वाध्य पारेका थिए ।
व्यवसायी प्रसाईंसँग दुई करोड डिल गरेको अडिओ बाहिरिएपछि पार्टी कार्यालय बसेको केन्द्रीय समितिको बैठकले सांसद श्रेष्ठलाई साधारण सदस्य समेत नरहनेगरी निष्कासित गरेको हो ।