October 25, 2025, Saturday
२०८२ कार्तिक ९
1:37:26 pm

विदेशमा रहेका नेपालीले मतदान गर्न पाउनुपर्छ : गृहमन्त्री अर्याल

855

काठमाडौं । गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्यालले विदेशमा रहेका नेपालीहरूले पनि मतदान गर्न पाउनुपर्ने सर्वोच्च अदालतको आदेशलाई यसपटक सम्भव बनाउनु पर्ने बताएका छन् ।

बिहीबार निर्वाचन आयोगमा भएको छलफलमा भाग लिने क्रममा उनले समानुपातिक निर्वाचन प्रणालीमा भए पनि मतदान गर्न पाउनुपर्ने माग बढेको उल्लेख गर्दै यसलाई सम्भव बनाउनुपर्नेमा आफू लागि पर्ने बताएका हुन् ।

गृहमन्त्री अर्यालले भने, ‘विदेशमा रहेका नेपालीले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत भए पनि मतदान गर्न पाउनैपर्छ भन्ने छ । सर्वोच्चले आदेश दिएको पनि धेरै भयो । यसलाई सम्भव बनाउनैपर्छ । सकेसम्म सबैलाई समेट्ने मेरो प्रयास हो । कुनै देशमा प्राविधिक समस्या छ भने पनि जहाँ–जहाँ सकिन्छ सम्भव बनाउने मेरो प्रयास हो ।’

Advertisement

मतदानको पूर्ण सम्भावना नभएका देशहरूमा राजदूतावासमार्फत प्रविधिको प्रयोग गरेर मतदानको व्यवस्था गराउनुपर्ने गृहमन्त्री अर्यालको भनाइ थियो ।