March 24, 2025, Monday
२०८१ चैत्र १२
1:37:26 pm

बुद्ध जयन्तीको अवसरमा सत्सङ्ग समारोहको आयोजना हुने

1.5K

काठमाडौं । नेपाल मानव धर्म सेवा समितिले २५६८औं बुद्ध जयन्तिको अवसरमा महान सत्सङ्ग समारोहको आयोजना गर्ने भएको छ। बिगतका बर्षहरुमा झैं समितिको आयोजनामा विहीबार बुलु, चापागाउँस्थित श्री दिब्यज्योती आश्रम प्राङ्गणमा भब्य रुपमा समारोह आयोजना गर्ने भएको हो ।

सो कार्यक्रमस्थलमा हाल विभिन्न निर्माण सामाग्रीहरू राखिएको तथा निर्माणकार्य समेत हुँदै गरेकाले यसपालिको २५६८औ बुद्ध जयन्तीलाई बुलु प्याङ्गगाउँ बसपार्कको खुल्ला मैदानमा मनाउने भएको छ।

गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनको प्रमुख आतिथ्यतामा हुने सो कार्यक्रममा उपमेयर मुना अधिकारी, ११ वडाका अध्यक्ष निलबहादुर देसार, १० का वडाध्यक्ष शेखर न्यौपाने, प्रहरी तथा ट्राफिक बृत प्रमुख, स्थानीय समाजसेवीहरू लगायतको सहभागिता रहनेछ।

Advertisement

९ गते बुधबारका दिन कार्यक्रम स्थल र प्याङगाउँ बजार परिसरमा सरसफाइ पनि गरिने साथै १० गते बिहान ८:०० बजेदेखी श्री दिब्यज्योती आश्रमबाट सदभावना र्‍याली निकालिने जनाईएको छ। उक्त र्‍यालीमा श्री गणेश भजन मण्डल, श्री बुलु मिसा पुच:, श्री नित्यनाथ बाजा खल, श्री लुकमाननी दाफा खल का साथै स्थानियहरुको व्यापक सहभागितामा जातिय भेषभुषा झल्किनेगरी बिशाल र्‍याली हुने बताइएको छ।