March 5, 2026, Thursday
२०८२ फाल्गुन २२
1:37:26 pm

दुर्व्यसन विरुद्धको अभियानमा प्रहरी मात्रै हैन, सिंगो समाज लागिपर्नु पर्छः डीआईजी खापुङ

2.3K

विराटनगर । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरिक्षक (डीआईजी) चन्द्रकुबेर खापुङले दुर्व्यसन विरुद्धको अभियानमा समाज लागिपर्नु पर्ने बताएका छन् ।

विराटनगरस्थित आदर्श स्कुलमा सामुदायिक प्रहरी सेवाद्वारा आयोजित ’दुर्व्यसन विरुद्ध अभिभावक कार्यक्रम’लाई सम्बोधन गर्दै डीआईजी खपुङले यस अभियानमा प्रहरी मात्रै नभएर सिंगो समाज नै लागिपर्नु पर्नेमा जोड दिएका हुन्।

pinup pin up pin up pinup

यस अभियानमा प्रहरीसँग सिंगो समाजले हातेमालो गर्नुपर्ने भन्दै उनले शिक्षक, राजीतिककर्मी सबै मिलेर दुव्र्यसनबाट मुक्त गराउने अभियानमा प्रतिवद्ध हुनुपर्ने बताए ।

Advertisement

कोशी प्रदेशबाट ‘दुर्व्यसन विरुद्ध आमा’ अभियान सुभारम्भ भएसँगै दुव्र्यसन विरुद्ध अभिभावक कार्यक्रम विद्यालयमा विद्यार्थी र अभिभावकबीच सञ्चालन भइरहेकोमा खापुङले खुशी व्यक्त गर्दै धन्यवादसमेत व्यक्त दिए ।

विराटनगर महानगरपालिकाको आर्थिक सहयोगमा सम्पन्न भएको यस कार्यक्रमका लागि महानगरले आमागी बजेटको नीति तथा कार्यक्रममासमेत समेट्ने प्रतिवद्धता जाहेर गरेको छ ।