June 12, 2024, Wednesday
२०८१ जेष्ठ ३०
1:37:26 pm

बाह्र वर्षे धार्मिक कुम्भमेला, आर्थिक तथा सामाजिक समृद्धिको बलियो आधार

लेखनाथ सिकारु
२०८१ जेष्ठ ५

1.1K

सुनसरीको बराहक्षेत्र नगरपालिका १ स्थित प्राचीन हरिद्वार चतराधाममा बाह्र वर्षे पिण्डेश्वर पूराण महाकुम्भ मेला सम्पन्न भएको छ । नेपालको चर्चित महाकुम्भ मेला गत चैत्र २७ गते अर्थात् चैत्र महिनाको शुक्ल प्रतिपदा देखि सुरु भएको थियो । उक्त बाह्रवर्षे पिण्डेश्वर पूराण महाकुम्भ मेला वैशाख शुक्ल तृतीयाका दिन समापन भएको हो ।

१२ वर्षपछि आयोजना भएको उक्त मेलाको राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गरेका थिए । समापन समारोहमा मुख्य सचिव डा. बैकुण्ठ अर्यालको प्रमुख आतित्थ्यता रहेको थियो । चैत महिनाको शुक्ल प्रतिपदादेखि वैशाख शुक्ल अक्षय तृतीय अर्थात् वैशाख २८ गतेसम्म गरी ३२ दिन कुम्भ मेला सञ्चालन भएको थियो ।

मेलाको अन्तिम दिन समापन महास्नान् कौशिकी गङ्गामा गरिएको थियो । कौशिकी गङ्गामा भएको स्नानमा जगदगुरु बालसन्त मोहन शरणसँगै सरकारका मुख्य सचिव डा. अर्याल, बराहक्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्की, प्रधानमन्त्री कार्यालयका सचिव अर्जुन पोखरेलसहित जनप्रतिनिधिहरू, देश विदेशका सन्त महन्त लगायत श्रद्धालु भक्तजनहरूको सहभागिता रहेको थियो ।

Advertisement

शास्त्रीय मान्यताअनुसार नेपालमा रूद्राक्षको वनमा अमृतको तरलाई पिण्ड बनाएर स्थापना गरिएपछि यसै स्थानमा कुम्भको राजधानीका रूपमा मेलाको प्रचलन सुरू गरिएको जगतगुरू देवाचार्यले बताए ।

चतराधाममा पहिलोपटक २०५९ साल चैत ६ गते कुम्भ मेला धार्मिक महोत्सवका रूपमा प्रारम्भ भएको थियो। यहाँ प्रत्येक ६ वर्षमा अर्धकुम्भ र १२ वर्षमा पूर्ण महाकुम्भ मेला लाग्ने गरेको छ। यसैगरी विसं २०६३ चैत ६ गतेदेखि एक महिनासम्म अर्धकुम्भका रूपमा प्राचीन हरिद्वार चतरामा मेला लागेको थियो । यसअघि विसं २०७० मा १२ वर्षे महाकुम्भ मेला आयोजना गरिएको थियो । यहाँ अर्धकुम्भ मेला विसं २०७५ २०७६ मा लागेको थियो ।

मसानघाटका रूपमा चिनिएको चतरा अहिले ठूलो तीर्थस्थलका रुपमा विकसित भएको छ । विसं २०५९ बाट यही स्थानमै महाकुम्भ मेलाको प्रारम्भ नै भयो र अहिले यो पाँचौँ कुम्भ हो ।

समुद्र मन्थनबाट निस्किएको अमृत इन्द्रपुत्र जयन्तले लिएर भागेका र भाग्दै जाँदा भारतका नासिक, उज्जैन, प्रयागमा एक एक थोपा झरेको तथा देवताहरुले लखेटेको देखेर जयन्मले त्यो अमृतको घडा नेपालको हिमालय पर्वतको शिखरमा ल्याइराखेको शास्त्र‌मा उल्लेख छ ।

त्यतिबेला सो अमृत तरजस्तो भएको र भगवान् विष्णुको मोहिनी अवतारले त्यो तरलाई निकालेर एउटा पिण्ड बनाउनुभएको, पछि महिना दिनसम्म त्यस पिण्डलाई पूजा आराधना र अभिषेक गरेर वर्तमान सुनसरी जिल्लाको धरान बजारभन्दा उत्तरपूर्वी क्षेत्रको बराह मन्दिर समीप र कोसी नदीको उत्तरतर्फको विशाल पर्वत शृङ्खलामा लगेर स्थापना गर्नुभएकाले यसको नाम पिण्डेश्वर रहन गएको पनि शास्त्र‌मा उल्लेख छ ।

चैत शुक्ल प्रतिपदाबाट यो कुम्भको प्रारम्भ हुने हुनाले यो चैत्रबाट अपभ्रंश भई चतरा हुन पुगेको हो। त्यसकारण पनि यस कुम्भ मेलाको ठूलो धार्मिक महत्व रहेको छ ।” यस कुम्भ मेलामा आएर स्नान, दान, यज्ञ, अनुष्ठान, यजन र पूजन गर्दा कहिल्यै पनि ननासिने अर्थात् अक्षय नहुने पुण्य प्राप्त हुने जगतगुरु देवाचार्यको भनाइ छ ।

यस कुम्भका समयमा ब्रह्मा, विष्णु, महेश्वर तथा देवताहरुका राजा इन्द्व र अन्य देवगण यसै कुम्भको तिथि पारेर यहाँ स्नान गर्न आउने भएकाले यस समयमा यहाँ स्नान गर्नाले अक्षय पुण्य प्राप्त हुने शास्त्रीय मान्यता छ ।

नेपालमा यो कुम्भ मेला सुरु भएपछि धार्मिक पर्यटनको विकास हुनुका साथै नेपालको प्राचीन चतराधामको प्रचार विश्वव्यापी भएको छ ।

भारतको इलाहावाद (उत्तर प्रदेश), उज्जैन (मध्य प्रदेश), नासीक (महाराष्ट्र) हरिद्वार (उत्तराखण्ड्) मा मेला लाग्दै आएको छ भने नेपालको चतराधाम बराहक्षेत्रमा १२।१२ वर्षमा पूर्ण महाकुम्भ मेला आयोजना हुँदै आएको छ ।

सप्तकोशी नदि र कोकाह खोलाको किनारमा रहेको बराहक्षेत्र मन्दिर धरतीकै पहिलो धाम भएको जगतगुरु बालसन्त मोहनशरण देवाचार्यको भनाई छ । बराहामन्दिर परिसरमा समेत यसलाई धरतीकै पहिलो तीर्थ भनेर लेखिएको छ । पौराणिक र ऐतिहासिकरूपमा महत्त्वपूर्ण मानिएको यो सुन्दर क्षेत्र प्रचारप्रचारको अभावले संसारभरका हिन्दु अनुयायीमाझ भने पुग्म् नसकेको स्थानीयवासी बताउँछन् ।

बराहक्षेत्रलाई हिन्दु र किराँत धर्मावलम्बीले आफ्‌नो तीर्थ स्थलका रुपमा मान्छन् । बराहक्षेत्र धाममा १५ सय वर्ष पुराना पुरातात्त्विक महत्त्व‌का मूर्तिहरु रहेका छन् । बराहक्षेत्र पितृश्राद्ध, मकरस्मानका साथै अन्य धार्मिक अभीष्टका लागि गन्तव्यको रुपमा मानिन्छ । प्राचीनकालदेखि गङ्गा, गोदावरी र शिप्रा नदीमा कुम्भस्मानको आयोजना हुँदै आएकामा तीन दशकअघि कोशी नदीमा कुम्भस्मान प्रारम्भ भएको हो ।

३२ दिनसम्म आयोजना भएको उक्त मेलामा ५० लाख भन्दा बढी देश विदेशबाट भक्तजनहरू आएको नगर प्रमुख एवम् बाह्रवर्षे पिण्डेश्वर पूर्ण महाकुम्भ मेला मूल आयोजक समितिका सहअध्यक्ष रमेश कार्कीले बताए ।

मेलामा नेपालका ७७ बटै जिल्ला सहित अमेरिका, अष्टेलिया, वेलायात, भारत, भुटान लगायतबाट श्रद्धालु भक्तजनहरूको आगमन भएको थियो । बाह्रवर्षे पिण्डेश्वर पूर्ण महाकुम्भ मेलामा भक्तजनहरूको आगमन हेर्दा चतराधाममा कुम्भमेला स्थापित भएको छ । ‘पूर्ण महाकुम्भ मेला आयोजनामा सङ्घीय र प्रदेश सरकारले महत्त्वपूर्ण सहयोग गरेको छ ।

राष्ट्रपतिले उद्घाटन गरेको बाह्रवर्षे पिण्डेश्वर पूर्ण महाकुम्भ मेलामा पूर्व प्रधानमन्त्री केपी ओली, पूर्व मन्त्री परिषदका अध्यक्ष खिलराज रेग्मी, पूर्व उप (प्रधानमन्त्री बिजयकुमार गच्झदार, राजेन्द लिङ्देन, वर्तमान मन्त्री, पूर्व मन्त्रीहरू, प्रदेश प्रमुखहरू, मुख्यमन्त्री, पूर्वमुख्य मन्त्री, प्रदेशका मन्त्रीहरू, सांसदहरू, विभिन्न पालिकाका प्रमुख, उपप्रमुख लगायतका देश विदेशका साधु, सन्त, महन्तहरूको सहभागिता रहेको थियो ।

समापनका अव्क्कबसरमा राष्ट्यि धर्म जागरण अभियानका माननीय शंकरप्रसाद पाण्ड़े, सनातन सम्पदा महासंघका अध्यक्ष विष्णुप्रसाद पौडेल, विश्वहिन्दू महासंघका केन्द्रीय उपाध्यक्ष अर्जुनकुमार पौडेल, लोकतान्त्रिक पत्रकार मञ्चका केन्द्रीय महासचिव कुमारप्रसाद ओझा कुम्भमेला समापनको अबलोकन र सहभागिता रहेको थियो ।

कुम्भ मेलाबाट नेपाल र नेपालीबीचको एकता तथा धार्मिक सद्भावमा विकास भएको देश विदेशबाट यस मेलामा दर्शनका लागि चतरा आएकोले पनि यसको महत्व बढेको जाने साथै वर्षेनी धर्मका नाममा विदेशीने रकम रोकथाम गर्न पनि कुम्भ मेला आवश्यक भएको बताईन्छ ।

बराहक्षेत्रलाई हिन्दु र किराँत धर्मावलम्बीले आफ्‌नो तीर्थ स्थलका रुपमा मान्छन् । बराहक्षेत्र धाममा १५ सय वर्ष पुराना पुरातात्त्विक महत्त्व‌का मूर्तिहरु रहेका छन् । बराहक्षेत्र पितृश्राद्ध, मकर स्मानका साथै अन्य धार्मिक अभीष्टका लागि गन्तव्यको रुपमा मानिन्छ । प्राचीनकालदेखि गङ्गा, गोदावरी र शिप्रा नदीमा कुम्भस्मानको आयोजना हुँदै आएकोमा तीन दशकअघि कोशी नदीमा कुम्भस्नान प्रारम्भ भएको हो ।

कुम्भ मेला के हो ?

कुम्भ मेला के हो ? यसको सुरुवात कसरी भयो ? भन्ने विषय सनातन हिन्दूधर्म शास्त्रीय मान्यताअनुसार जान सकिन्छ । जगतगुरु बालसन्तले यसको सटिक व्याख्या गरेका छन् । देवदानवले क्षीर समुद्र (दूधकोसी) मन्थन हुँदा अमृतको भाँडो देउताले बोकेर उड्दा थोपाथोपा खसेका भारतका प्रयाग, हरिद्वार, उज्जैन र नासिकमा विशाल कुम्भ मेला लाग्ने गरेको छ । जहाँ समुद्र मन्थन भयो र जहाँ अमृतको पिण्ड नै स्थापना गरियो, त्यसक्षेत्रमा किन नलाग्ने? भन्ने शास्त्रीय मान्यताअनुसार शास्त्रीय व्याख्या गर्दै कुम्भ मेला लाग्न सुरु भएको हो । स्कन्ध पुराणको हिमाद्रीखण्डको बाह्रौं अध्याय र चौंतीसदेखि अठ्तीस अध्यायसम्म वणर्न गरिएको पाइन्छ । सोही मान्यताअनुसार जगतगुरु बालसन्तले नेपालमा कुम्भको पुनर्जागरण गरेका हुन् ।

कुम्भ मेला कस्तो हुन्छ ?

शास्त्रीय अभ्यासअनुसार कुम्भ मेला कुनै साधारण पर्व होइन। न कि कुनै अमुक सम्प्रदायको मात्रै । यो कुनै सन्तको पुराणजस्तो मात्र पनि होइन । कुम्भलाई ज्ञान, वैराग्य र भक्तिको महापर्वका रूपमा लिइन्छ । यो सयौं शिविरबाट प्राप्त हुने, धार्मिक माहोलका बीच ग्रहण हुने अनुपम यज्ञ, मन्त्र, पौराणिक काव्य, प्रार्थना, साधुसन्तको उपदेश, भजन, कीर्तन, धार्मिक नृत्मकृत्मले सुसज्जित र मनमोहक हुन्छ । अखाडाहरूको यात्रा, झाँकी, हात्तीघोडा, गीतसङ्गीत, वाद्यवादन, नागासन्तको उपस्थिति, शाहीस्मान,खेलकुद दौड आदिले लाखौं भक्तहरूलाई आकर्षित गरिरहेको हुन्छ ।

यहाँ गरिब र असहायको भरणपोषण हुन्छ । धर्मसम्प्रदाय र अखाडा एकीकृत हुन्छन् । पवित्र मन र पुण्यको भावनाले भक्ति गर्न आएका भक्तहरूको आकर्षण, सङ्कट, पापमोचन, दान, गोप्प्रदान, पितृ उद्धारलगायत पवित्रता प्राप्त गर्ने महापर्वका रूपमा रहन्छ ।

सबै सम्प्रदायको अपनत्व नै कुम्भ शास्त्रअनुसार वेदान्त सूत्र अर्थात् ब्रह्मसूत्र, उपनिषद् र श्रीमद्भगवद्गीतासमेत गरी तीन ग्रन्थको समूहलाई ‘प्रस्थान त्रयी’ भनिन्छ । प्राचीन समयमा जसले यी तीनवटै शास्त्र‌को विशिष्टतापूर्वक व्याख्या गर्न सक्दथ्यो, उसैलाई आचार्य भनिन्थ्यो । त्यस्ता आचार्यलाई नयाँ पन्थ सिर्जना गर्ने अधिकार हुन्थ्यो ।

यस्ता सम्प्रदायमा शङ्कराचार्यको अद्वैतवाद सम्प्रदाय, रामानुजाचार्यको विशिष्टाद्वैत सम्प्रदाय, निम्बार्काचार्यको द्वैताद्वैत, ब्रह्म, गौडिया सम्प्रदाय र बल्लभाचार्यको बल्लभ सम्प्रदाय यसरी नै जन्मिएका हुन् । यिनीहरूमध्ये शङ्कराचार्यलाई निराकारवादी भनिन्छ भने रामानुजाचार्य, निम्बार्काचार्य, मध्वाचार्य र बल्लाभाचार्यसमेत विष्णुको साकार स्वरूपलाई स्वीकार गरेकाले यिनीहरूलाई वैष्णव भनिन्छ। यी सबैले वेदको प्रमाणिकतालाई स्वीकार गरेका छन् । निम्बार्काचार्यको द्वैताद्वैतवादी सम्प्रदायसँग मतभेद भई भारतको गुजारता प्राणनाथले प्रणामी सम्प्रदाय, मध्धाचार्यको द्वैतवादी चिन्तनसँग मतभेद भई पश्चिम बङ्गालका चैतन्य महाप्रभुले गौडिया सम्प्रदाय, महात्मा कविरको कविरपन्थ, योगी गोरखनाथको गोरखपन्थ, विष्णु स्वामीको स्वामी सम्प्रदाय, आचार्य रामानन्द्र‌को रामानन्द्र सम्प्रदाय, बल्लभाचार्य बल्लभपन्थ, स्वामी दयानन्द्र सरस्वतीको आर्यसमाज, स्वामी विवेकानन्द्र‌को रामकृष्ण मिसन, योगी अरविन्द्र‌को दिव्य योग साधना मण्डल, रजनिशको रजनिश पन्थ, साइबाबाको साइबाबा पन्थ, माउन्ट् आबुको ब्रह्मकुमार र ब्रह्मकुमारी पन्थ, प्रभुपादको इस्कोन तथा मानवधर्म र हंसयोगसमेतका अनेकौं सम्प्रदाय तथा पन्थ विकास भएका छन् । यी सम्प्रदाय र पन्थको स्थापनाकाल चारसय वर्षदेखि एक सय ५० वर्षसम्म रहेको छ ।

माथि उल्लिखित र अन्य सम्प्रदाय र पन्थको अपनत्व कुम्भ मेलामा रहनु पर्दछ । यी सबै सम्प्रदायलाई आआफ्‌नो अखाडा स्थापनाका लागि कुम्भ आयोजक र मूल समितिले निमन्त्रणा गर्नुपर्छ। यिनीहरूलाई मूलतः सुरक्षा, आवास, खानेपानी तथा सरसफाइको व्यवस्थापन गरिनु पर्दछ । राज्यले विनियोजन गरेको बजेट समेत यी सम्प्रदायको व्यवस्थापनमा खर्च गरिनु पर्दछ । सुरक्षा, आवास, खानेपानी तथा सरसफाइको प्रबन्ध गरेपछि यी सम्प्रदाय र पन्थले आ(आफ्नो मान्यताअनुसार कुम्भमा प्रचार र तत्तत् ज्ञानको प्रसार गर्छन् । यिनीहरू आफैले भण्डारा लगायतका अन्य धार्मिक कार्य गर्दछन् ।