January 21, 2025, Tuesday
२०८१ माघ ८
1:37:26 pm

सेवा घरकी संस्थापक अध्यक्ष सुमी मानव ‘राष्ट्रिय युवा प्रतिभा पुरस्कार २०८१’ द्वारा सम्मानित

2.1K

काठमाडौं । मानव कल्याण समाज (सेवा घर) की संस्थापक अध्यक्ष सुमी मानव ‘राष्ट्रिय युवा प्रतिभा पुरस्कार २०८१’ द्वारा सम्मानित भएकी छिन् । राष्ट्रिय युवा संघको ३५ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा उनी युवा प्रतिभा पुरस्कारबाट सम्मानित भएकी हुन् ।

कार्यक्रममा प्रमुख अतिथि ईश्वर पोखरेल, विशिष्ट अतिथि महेश बस्नेत र सभापति क्षितिज थेवेले राष्ट्रिय सभा गृहमा आज सम्पन्न विशेष समारोहका बीच ५१ हजार रुपैयाँको चेक सहित सम्मान पत्रले सम्मान गरेका हुन् ।

मानव कल्याण समाज विगत ६ वर्षदेखि सडकमानव तथा असाहाय र बेसहारालाई खाना, नाना र छाना दिँदै आएको छ । उक्त संस्थाले हाल ६ शाखाबाट करिब ४०० जनालाई सेवा दिईरहेको छ ।

Advertisement