April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

बसले किचेर गोरखामा एक जनाको मृत्यु

2.5K

गोरखा – यात्रुवाहक बसले किचेर गोरखामा एक जनाको मृत्यु भएको छ।

शनिबार गोरखा सदरमुकामबाट केराबारी जाँदै गरेको यात्रुवाहक बसले किचेर सिराञ्‍चोक गाउँपालिका-२, श्रीचौरका ४८ वर्षीय बुद्धिबहादुर रम्तेलको मृत्यु भएको हो।

रम्तेल गोरखा बजारबाट ना ३ ख ८१४३ नम्बरको बसमा चढेर घर जाँदै थिए। सिरानचोक-२, कै थालाजुङ नयाँ गाउँमा ओर्लन खोज्दा सोही बसले किचेर गम्भीर घाइते बनेका रम्तेलको उपचारका क्रममा भच्चेक प्राथमिक स्वास्थ्य केन्द्रमा मृृत्यु भएको जिल्ला ट्राफिक कार्यालय गोरखाका प्रमुख मित्रलाल ढकालले जानकारी दिए।

Advertisement

घटना भएको खबर पाएलगत्तै घटनास्थल पुगेका प्रहरी टोलीले बस र चालकलाई नियन्त्रणमा लिएको छ।