एनआरएनएको उपाध्यक्षमा बेलायतबाट रामशरण सिम्खडाको उम्मेदवारी घोषणा
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को उपाध्यक्षमा बेलायतबाट रामशरण सिम्खडाले उम्मेदवारी घोषणा गरेका छन् । हाल संघको उपमहासचिवको हैसियतमा रहेका उनले आगामी अक्टोबरमा हुने संघको ११ औँ विश्व सम्मेलनमा उपाध्यक्षका लािग उम्मेदवारी घोषणा गरेका हुन् । सन् २००१ देखि बेलायत बस्दै आएका उनी संघमा बलियो साङ्गठनिक पकड भएका अभियन्ताका रूपमा चिनिन्छन् । संघमा स्थापनाकालदेखि...