पार्टी निर्देशन उल्लंघन गरेका कृष्ण थापालाई जनमोर्चाले सांसदबाट पनि हटायो
पोखरा- राष्ट्रिय जनमोर्चाका प्रदेश सभा सदस्य कृष्ण थापालाई पार्टीले सांसद पदबाट हटाएको छ । राजमोको आज (बिहीबार) बसेको केन्द्रीय बैठकले थापालाई सांसद पदबाट निष्कासन गरेको हो । सांसदबाट हटाइएको जानकारी प्रदेशसभा सचिवालयमा दिइएको छ । प्रदेशसभा सचिवालयका सचिव हरिराज पोखरेलले राजमोका केन्द्रीय महासचिव मनोज भट्ट र प्रदेशसभाअन्तर्गत राजमोकी सचेतक पियारी थापाले उनलाई सांसद पदबाट हटाइएको पत्र...