March 12, 2025, Wednesday
२०८१ फाल्गुन २९
1:37:26 pm

बागलुङको निसीखोला फलाँटेचौरमा माटोको ढिस्कोले पुरिएर दुइ जनाको मृत्यु

3.1K

बागलुङ- बागलुङको निसीखोला गाउँपालिका–२ फलाँटेचौरमा माटोको ढिस्कोले पुरिएर दुइ जनाको मृत्यु भएको छ।

फलाँटेचौरमा घर पोत्ने माटो लिन पुगेका सोही वडास्थित रातमाटाका ३३ वर्षीया भवी कुवँर र उनका छोरा १४ वर्षका सुरेशको पुरिएर मृत्यु भएको वडाध्यक्ष कुवीर विश्वकर्माले जानकारी दिए ।

घटना शुक्रबार दिउँसो साढे दुई बजे भएको हो । मृत्यु हुने आमा छोरा रहेको प्रहरी निरीक्षक विजय भण्डारीले बताए ।

Advertisement

अहिले इलाका प्रहरी कार्यालय झिवाखोलाका प्रहरी प्रमुख जयराम वन्तसहितको टोली घटनास्थलमा पुगेको छ । प्रहरी र स्थानीयवासीको सक्रियतामा माटोले पुरिएका शव निकालिएको प्रहरी निरीक्षक भण्डारीले बताए ।

शव परीक्षण गरी अन्त्येष्टिका लागि तयारी गरिएको बताइएको छ । मृतक भवीका श्रीमान् रोजगारीका क्रममा भारतमा रहेको परिवारले बताएको छ । उनका अरु दुई छोरा रहेको स्थानीयवासीले बताएका छन् ।