March 12, 2025, Wednesday
२०८१ फाल्गुन २९
1:37:26 pm

गण्डकीको मुख्यमन्त्रीमा पुनः गुरुङ नै नियुक्त

5.1K

काठमाडौं- गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पुनः पृथ्वी सुब्बा गुरुङ नियुक्त भएका छन्। उनलाई बुधबार प्रदेश प्रमुख सीता पौडेलले मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन्।

गुरुङले आफूमाथिको अविश्वासको प्रस्तावमा मतदान हुने अघिल्लो दिन गत वैशाख २६ गते राजीनामा दिएका थिए। त्यसपछि प्रदेश प्रमुख पौडेलले संविधानको धारा १६८ (२) अनुसार नयाँ सरकार गठनको लागि आह्वान गरेकी थिइन्। बुधबार अपराह्न ४ बजेसम्म नयाँ सरकारको दाबी गर्न समय दिइएको थियो।

नयाँ सरकार गठनको लागि कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेलले दाबी गरेको भएपनि उनलाई समर्थन दिएको राष्ट्रिय जनमोर्चाका दुई सांसदले आफू तटस्थ रहेको बताएका थिए।

Advertisement

त्यसपछि संविधानको धारा १६८ (३) अनुसार प्रदेश सभाको सबैभन्दा ठूलो दलको संसदीय दलको नेताको रुपमा गुरुङ नै मुख्यमन्त्री नियुक्त भएका हुन्।

संविधानको सो धारा अनुसार मुख्यमन्त्री नियुक्त भएका व्यक्तिले तीस दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्छ।