पृथ्वीसुब्बा गुरुङले पूर्वमुख्यमन्त्रीको हैसियतमा सुविधा नलिने
गोरखा : गण्डकी प्रदेश सभाका सदस्य पृथ्वीसुब्बा गुरुङले पूर्वमुख्यमन्त्रीको हैसियतमा कुनै सुविधा नलिने भएका छन्। मुख्यमन्त्री हुँदा उनकै सचिवालयमा प्रेस संयोजक रहेका विक्रम न्यौपानेले गुरुङले पूर्वमुख्यमन्त्रीको हैसियतमा कुनै सुविधा नलिने सार्वजनिक गरेका हुन्। न्यौपानेले आफ्नो सामाजिक सन्जालमा लेखेका छन्- ‘माननीय पृथ्वीसुब्बा गुरुङ प्रमुख प्रतिपक्ष दलको नेताको हैसियतबाटै जनताप्रति उत्तरदायी भूमिका निर्वाह गर्नुहुन्छ। उहाँलाई पूर्वमुख्यमन्त्रीको हैसियतका नाममा...