November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

गण्डकीका मुख्यमन्त्री गुरुङले लिए शपथ

3K

काठमाडौं- गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पुनः नियुक्त भएका पृथ्वी सुब्बा गुरुङले पद तथा गोपनीयताको शपथ लिएका छन्। उनलाई बुधबार प्रदेश प्रमुख सीता पौडेलले शपथ गराएका हुन्। 

प्रदेश प्रमुख पौडेलले गुरुङलाई आजै मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन्। 

गुरुङले आफूमाथिको अविश्वासको प्रस्तावमा मतदान हुने अघिल्लो दिन गत वैशाख २६ गते राजीनामा दिएका थिए। त्यसपछि प्रदेश प्रमुख पौडेलले संविधानको धारा १६८ (२) अनुसार नयाँ सरकार गठनको लागि आह्वान गरेकी थिइन्। बुधबार अपराह्न ४ बजेसम्म नयाँ सरकारको दाबी गर्न समय दिइएको थियो।

Advertisement

नयाँ सरकार गठनको लागि कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेलले दाबी गरेको भए पनि उनलाई समर्थन दिएको राष्ट्रिय जनमोर्चाका दुई सांसदले आफू तटस्थ रहेको बताएका थिए।

त्यसपछि संविधानको धारा १६८ (३) अनुसार प्रदेश सभाको सबैभन्दा ठूलो दलको संसदीय दलको नेताको रुपमा गुरुङ नै मुख्यमन्त्री नियुक्त भएका हुन्।