प्रतिष्ठानको ६६ औँ वार्षिकोत्सव विमर्श, पुस्तक प्रदर्शनी, वृक्षारोपण तथा सरसफाईसहित सम्पन्न
काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानको ६६ औँ वार्षिकोत्सव कार्यपत्रमाथि विमर्श, पुस्तक प्रदर्शनीको उ्दघाटन, वृक्षारोपण तथा सरसफाईसहित सम्पन्न भएको छ । अध्येता भोगीराज चाम्लिङद्वारा लिखित “राष्ट्रिय कविता महोत्सव र समावेशी चिन्तनको थालनी’’ विषयक कार्यपत्रमाथि विमर्श भएको हो । प्रतिष्ठानका कुलपति भूपाल राईले उद्घाटन गरेको कार्यक्रममा राईले समावेशिताको प्रयोग र उत्थानमा ‘राष्ट्रिय कविता महोत्सव र समावेशी चिन्तनको...