September 22, 2023, Friday
२०८० आश्विन ५
1:37:26 pm

प्रतिष्ठानको ६६ औँ वार्षिकोत्सव विमर्श, पुस्तक प्रदर्शनी, वृक्षारोपण तथा सरसफाईसहित सम्पन्न

865

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानको ६६ औँ वार्षिकोत्सव कार्यपत्रमाथि विमर्श, पुस्तक प्रदर्शनीको उ्दघाटन, वृक्षारोपण तथा सरसफाईसहित सम्पन्न भएको छ । अध्येता भोगीराज चाम्लिङद्वारा लिखित “राष्ट्रिय कविता महोत्सव र समावेशी चिन्तनको थालनी’’ विषयक कार्यपत्रमाथि विमर्श भएको हो । प्रतिष्ठानका कुलपति भूपाल राईले उद्घाटन गरेको कार्यक्रममा राईले समावेशिताको प्रयोग र उत्थानमा ‘राष्ट्रिय कविता महोत्सव र समावेशी चिन्तनको थालनी’ भएको बताएका थिए ।

प्रतिष्ठानका उपकुलपति विमलकृष्ण श्रेष्ठ ‘विमल निभा’ले समावेशितासहित नेपालमा बोलिने सम्पूर्ण मातृभाषाको संरक्षरण गरिने बताएका थिए । प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदीले नेपाली तथा मातृभाषामा रचिएका कवितालाई राष्ट्रिय कविता महोत्सवमार्फत समावेशीकरण गरी सबैको आत्मसम्मान वृद्धिमा जोड दिने र आगामी वर्षदेखि साताव्यापी साहित्यिक महोत्सवको आयोजना गरी प्रतिष्ठानको वार्षिकोत्सव गराउने लक्ष्य रहेको बताए ।

प्रतिष्ठानका परिषद् सदस्य तथा काव्य विभाग प्रमुख बाबा बस्नेतले नेपालका समग्र भाषाभाषीको सम्मानका लागि समावेशी स्वरूपको राष्ट्रिय कविता महोत्सवमा समावेशी चिन्तनको थालनी भएको र यसले सकारात्मक र नयाँ जागरणको भूमिका खेलेको बताइन् ।

Advertisement

अध्येता तथा मुन्धुमविद् भोगीराज चाम्लिङद्वारा प्रस्तुत कार्यपत्र ‘राष्ट्रिय कविता महोत्सव र समावेशी चिन्तनको थालनी’माथि समालोचकद्वय ज्ञानु पाण्डे र सुशान्त गुरुङले टिप्पणी गरेका थिए । ्

प्राज्ञसभा सदस्यद्वय भागवत आचार्य र प्रकाश तिवारी, भाषा आयोगका सदस्य गोपाल अश्क, उपप्रध्यापक विष्णु ज्ञवाली, अन्वेषक विक्रममणि त्रिपाठी, उदय लामा, प्रतापसिं राई नाछिरिङ, डा. सोमबहादुर धिमाल, सञ्जा दनुवार लगायतका सहभागीले आफ्नो धारणा राखेका थिए ।

त्यसैगरी नेपाल प्रज्ञाप्रतिष्ठानको ६६ औं वार्षिकोत्सवका अवसरमा कुलपति राईले पुस्तक प्रदर्शनीको उद्घाटन गर्नका साथै वृक्षारोपण तथा सरसफाइ कार्यक्रमको समेत सुरुवात गरेका थिए ।