काठमाडौं । राष्ट्रिय कविता महोत्सव – २०८० कविता वाचनका लागि छनोट भएका २५ कविहरूको नाम सार्वजनिक भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा आफ्नो ६६ औं वार्षिकोत्सवका उपलक्ष्यमा आयोजना हुने महोत्सवका लागि विभिन्न मातृभाषासहितका कविहरू छनौट भएका छन् ।
प्रज्ञा प्रतिष्ठानले सार्वजनिक गरेको सूचना अनुसार मूल्याङ्कन समितिको मूल्याङ्कनबाट अबिनास भट्टराईको ‘पाइतालाहरू’, इन्दु फोम्बोको ‘छुटेका मनहरू’, उमा शर्माको ‘त्यो दिनको तयारी’, उमेश पुनको ‘छोरीको सिमाना र देश’, कमल विवश मगरको ‘कम्ब्याट’, कृपा करुणा पोखरेलको ‘रक्तिम कथा’, खिमानन्द जोशीको ‘मुई गोठ नाइँ झान्या हुँ’, गोविन्दप्रसाद आचार्यको ‘तिम्रो नजरमा’, जीवन आरोहीको ‘प्रश्नहरूको विज्ञपति’, टङ्कबहादुर झाँक्री मगर (समीप वैरागी)को ‘हुन्के बे बड्डा’, तीर्थराज विश्वकर्माको ‘कविले के सम्झियो?’, दिनेश राईको ‘पोक्ची दिदिको कथा’, दिलकुमारी डङ्गोलको ‘विश्वासया प:खा’, नवीन अभिलाषीको ‘भेरी अभिशप्त बगिरहेछ’, पूर्ण सन्ध्या समाधिको खोला र लालिगुराँस’, पूर्णानन्द ओझाको ‘सन्निको मान्स’, प्रकाश दिप्साली राईको ‘नौरानको नाम’, प्रदीप योङहाङको ‘पृथ्वीको प्रोटेट चित्र’ बादलदेवी चाम्लिङको ‘तोक’, रमेश थामी (छड्के सलाम)को ‘झोला’, राधिका कल्पितको ‘परिचय-पत्र’, शर्मिला दुलालको ‘एउटा गीत’, सन्जित फलानाको ‘आदिवासी डाँडा’, सुन्दर शिरीषको ‘एक परदेशीको बकपत्र’ र सुवास सगम राईको ‘माटोको उचाई’ वाचनका लागि छनौटमा परेका हुन् ।
छनोटमा परेका २५ कविहरूले असार ९ गते शनिवार आयोजना हुने राष्ट्रिय कविता महोत्सव -२०८० मा आफ्ना कविता बाचन गर्नेछन् । वाचन भएका २५ कविता मध्ये उत्कृष्ट १० लाई जनही १५ हजार र प्रमाणपत्र प्रदान गरिने भएको छ ।
कविता वाचनका लागि प्रत्यक्ष उपस्थित हुन नसक्ने कविहरूले इमेलमार्फत कविता वाचनको भिडियो रेकर्ड पठाउन सकिने प्रज्ञाले जनाएको छ ।
