April 24, 2025, Thursday
२०८२ बैशाख १२
1:37:26 pm

काबुल विमानस्थल विस्फोटमा मारिएकी अमेरिकी सैनिकको कारुणिक कथा !

2.8K

एजेन्सी – काबुल विमानस्थलको सुरक्षाको जिम्मेवारी अमेरिकी सेनाको हातमा छ ।

त्यसैलाई लक्ष्य गर्दै बिहीवार आईएसकेपीका आतंकवादीहरूले गरेको आत्मघाती आक्रमणमा १३ जना अमेरिकी सैनिकको ज्यान गएको छ । तीमध्ये एक महिला सैनिक थिइन् सार्जेन्ट निकोल जी । २३ वर्षीया निकोलले एक बच्चालाई उठाएको तस्वीर इन्स्टाग्राम अकाउन्टमा शेयर गर्दै लेखेकी थिइन्– मलाई आफ्नो कामसँग प्रेम छ ।

क्यालिफोर्नियाको सेक्रामेन्टोकी निकोल म्यालरी ह्यारिसनकी एकदमै मिल्ने साथी थिइन् । निकोलको गाडी उनको घरबाहिर रोकिएको छ र निकोल सधैंका लागि गइसकिन् भन्दै म्यालोरीले सम्झना गरेकी छन् ।

Advertisement

निकोलको विवाह एक सैनिकसँग भएको थियो । उनले पति ज्यारेड जीसँग इन्स्टाग्राममा कैयौं तस्वीर शेयर गरेकी छन् । तस्वीरमा बूढाबूढीको प्रेम झल्किएको छ । केही महिनाअघि ज्यारेड पनि सार्जेन्ट बनेका थिए ।