फ्रान्सका पूर्व राष्ट्रपति निकोलस सार्कोजी आफू सत्तामा रहँदा अवैध काम गरेको ठहर भएपछि उनलाई जेल सजाँय तोकिएको छ । पूर्व राष्ट्रपति सार्कोजीले भ्रष्टाचार र पदको दुरुपयोग गरी उच्च पदस्थ व्यक्तिहरुलाई प्रलोभनमा पारेको दोषी ठहरिए पछि अदालतले उनलाई एक वर्ष जेल र दुई वर्ष निलम्बित सजाय सुनाइएको हो ।
सोमबार पेरिसको एक अदालतले उनी सत्तामा छँदा सन् २०१४ को फेब्रुवरी महिनामा एक बरिष्ठ न्यायधिशलाई जागिरको प्रलोभनमा पारी गैर–कानूनी रुपले न्यायिक जाँचका जानकारीहरु लिएको दोषी पाएपछि उनलाई सजाँय तोकिएको हो ।
तर अदालतले सार्कोजीलाई यदि उनले चाहेमा इलेक्ट्रोनिक ट्यागका साथ घरबाट बाहिर जान नपाउने बन्दोवस्तको छनौट दिएबाट उनी सम्भवतः अब तीन बर्षका लागि नजरबन्दमै बस्नेछन् ।
गत वर्षको अन्त्यमा भएको मुद्दाको सुनुवाइमा सन् २००७ देखि २०१२ सम्म राष्ट्रपति बनेका पूर्व राजनीतिज्ञले उनका वकिल थियरी हर्जोग र वरिष्ठ मजिस्ट्रेट गिलबर्ट अजीबर्टसँग भ्रष्टाचारको योजना तय गरेको थिए।
निकोलस सार्कोजी फ्रान्सको आधुनिक इतिहासमा भ्रष्टाचारको लागि मुद्दा लागेको पहिलो पूर्व राष्ट्रपति हुन्। (श्रोतः स्काईन्युज)