November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

बेल्जियममा काेराेना संक्रमित कैदीलाई भेट्न नदिएपछि प्रदर्शन

२०७७ फाल्गुन १६

4.1K

काठमाडाैं– बेल्जियमको एक जेलमा रहेका काेराेना भाइरस संक्रमित कैदीलाई भेट्न नदिएपछि आफन्तहरुले प्रदर्शन गरेका छन्।

बेल्जियमको नामूर जेलमा रहेको कुल १३२ कैदीमध्ये आधा भन्दा धेरैमा काेराेना संक्रमण देखिएकाे थियाे। क्वारेन्टाइनमा राखिएका कैदीलाई भेट गर्न नदिइएको भन्दै उनीहरुका आफन्तहरुले शनिबार जेलबाहिर प्रदर्शन गरेका हुन्।

संक्रमितहरुलाई बाहिरी व्यक्तिहरुसँग भेट्न दिँदा काेराेनाले उग्र रुप लिने जेल प्रशासनका प्रवक्ता कैथलीन दे विजवेलेकाे भनाइ छ। यसका साथै कैदीहरुलाई हिँड्न तथा नुहाउन अनुमति दिइएको छैन।

Advertisement

तर शरीरलाई न्यानो बनाउने खालका खानेकुराहरु दिइएको प्रवक्ता विजवेलेले जानकारी दिए।

यता जेलमा रहेका ११५ जना कर्मचारी मध्ये पनि आधा भन्दा धेरैलाई संक्रमण देखिएकाे छ।