November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

म्यानमारमा १८ प्रदर्शनकारी मारिएपछि आन्दाेलनले लियाे उग्र रुप

२०७७ फाल्गुन १७

3.1K

काठमाडाैं– म्यानमारमा प्रजातन्त्रवादीहरुले सैन्य ‘कू’ विरुद्ध आन्दोलन झनै चर्काएका छन्। आइतबार १८ जना प्रदर्शनकारीमाथि गोली प्रहार गरेर जुन्ता सरकारले हत्या गरेपछि सोमबार आन्दोलन चर्किएको हो।

आज प्रदर्शनले उग्र रुप लिएपछि यङगनमा प्रहरीले विभिन्न स्थानहरुमा पानीको फोहरा फाल्ने ट्याङदेखि बख्तरबन्द सैन्य गाडीसमेत परिचालन गरिएकाे राेयटर्सले जनाएकाे छ।

प्रदर्शनकारीहरूले उत्तरपूर्वी म्यानमारको केलमा आङ साङ सु चीको तस्विरहरू लिएर मार्चमा उत्रिएका छन्। उनीहरुको प्रजातन्त्रको पक्षमा नाराबाजी गरेका छन्।

Advertisement

आइतबार यगुन, दवेई र मान्डले जस्ता सहरमा प्रदर्शनकारीमाथि प्रहरीले गाेली प्रहार गरेकाे थियाे। प्रहरीले प्रदर्शनकारीमाथि सुरुमा अश्रुग्याँस र रबरकाे गाेली प्रहार गरेकाे थियाे। तर, प्रदर्शनकारीहरु पछि नहटेकाेपछि सुरक्षाकर्मीहरुले गाेली चलाएका हुन्।