November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

युरोपमा पुनः बढ्दै संक्रमित, अर्को चरणको महामारी फैलने जोखिम

3.5K

काठमाडौं– युरोपेली देशहरूमा कोरोनाभाइरस स‌ंक्रमितको संख्यामा पुनः उकालो लाग्न थालेको छ। झण्डै दुई महिनापछि संक्रमितको संख्यामा फेरि बढ्न थालेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले जानकारी दिएको छ।

संक्रमितको संख्या पुनः बृद्धि हुँदा अर्को चरणको महामारी सुरु हुन सक्नेतर्फ डब्लुएचओले चिन्ता व्यक्त गरेको छ। कोरोनाभाइरसको महामारी फैलिन नदिने उपायहरुप्रति बेवास्ता गरेमा महामारी फेरि फैलिने खतरा रहेकाले त्यसतर्फ सवै तत्काल सतर्क हुनुपर्ने संगठनको जोड छ। 

बिहीबार आयोाजित पत्रकार सम्मेलनमा  डब्लुएचओका युरोप क्षेत्रीय कार्यालयका निर्देशक हान्स क्लुगले युरोपेली क्षेत्रमा अहिले संक्रमितको संख्या  १० प्रतिशतका दरले बृद्धि भइरहेको बताए।

Advertisement

युरोपेली देशहरुमा सामाजिक दुरी कायम राख्ने, मास्क लगाउने र सावुन पानी वा सेनिटाइजरको प्रयोग गर्ने कार्यलाई कडाइका साथ पालना गराउन पनि उनले आग्रह गरे।

नयाँ चरणको महामारीमा डेल्टा भेरियन्ट तीब्र फैलिने भएकाले यसले थप क्षति हुने सम्भावना बढिरहेको उनले बताए।