काठमाडौं- बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीलाई आँप कोशेली पठाएकी छन्।
हसिनाले मोदी र बनर्जीलाई २ हजार ६ सय किलो आँप पठाएकी हुन्।
हरिभंगा प्रजातीको यो आँप भारत-बांग्लादेशको सीमा बेनापोल चेकपोइन्टबाट बंगलादेशले भारत पठाएको हो। स्थानीय मीडियाका अनुसार यो शिपमेन्ट आइतबार राति बेनापोल-पेतरापोल चेक-पोस्ट आएको थियो।
हसिनाले भारतका राष्ट्रपति रामनाथ कोविन्द र त्रिपुराका मुख्यमंत्री बिपल्ब कुमार देवलाई पनि भेटस्वरुप आँप पठाएकी छन्।
अगरतलामा बंगलादेशका सहायक हाई कमिश्नरले एएनआईसँग भने, “प्रधानमन्त्री शेख हसिनाले त्रिपुराका मुख्यमन्त्रीलाई ३०० किलो हरिभंगा आँप उपहारस्वरुप पठाउनु भएको छ। मुक्ति युद्धको समयदेखि नै बंगलादेश र त्रिपुराबीच राम्रो सम्बन्ध कायम छ।”