April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

इन्डोनेसियामा १२ देखि १७ वर्षकालाई खोप लगाउन सुरु

3K

जाकार्ता- इन्डोनेसियाको सरकारले यहाँका १२ देखि १७ वर्ष उमेर समूहका बालबालिका र युवायुवतीलाई पनि कोरोना भाइरसविरुद्धको खोप लगाउन सुरु गरेको छ। प्राप्त समाचारअनुसार यहाँ ती नागरिकलाई खोप लगाउनका लागि शुक्रबारबाट अभियान नै सुरु गरिएको बताइएको छ।

शुक्रबार एन्डोनेसियाको राजधानी जकार्तामा रहेको एक सार्वजनिक विद्यालयबाट सो खोप अभियानको शुरुवाता गरिएको बताइएको छ। आज बिहान सो विद्यालयका १०० जना विद्यार्थीलाई खोप लगाएर सो अभियान थालिएको छ। यहाँको सरकारले बालबालिकालाई खोप लगाउने कार्यक्रमलाई एक राष्ट्रिय अभियानका रुपमा सुरु गर्ने जनाएको छ।

इन्डोनेसियाको जाकार्ता प्रान्तीय प्रशासनले यस क्षेत्रका कम्तीमा पनि १२ लाख जना बालबालिकालाई यो खोप दिने लक्ष्य राखेको छ। विद्यालयहरुमा नै पुगेर सो खोप दिइने यहाँका स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन्।

Advertisement

यहाँ यही जुलाई १ सम्मको तथ्यांकअनुसार यहाँका तीन करोडभन्दा बढी नागरिकले सिनोभ्याक्सको एक मात्रा खोप लगाइसकेका छन्। त्यसैगरी एक करोड ३० लाख मानिसले दुवै मात्रा खोप लिएका यहाँको स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले जानकारी दिएका छन्।