पाथीभरा मन्दिरमा संकलन भएका १ सय ७८ तोला सुन र ६१ किलो चाँदी बिक्रीको तयारीमा
ताप्लेजुङ । ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरबाट संकलन भई शुद्धीकरण गरिएको सुनचाँदी बोलपत्र आह्वान गरेर बिक्री गरिने भएको छ। पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङले प्रचलित दररेटमा बोलपत्रमार्फत बिक्री गरिने जानकारी दिए। शुद्धीकरण गरेपछि रहेको एक सय ७८ तोला सुन र ६१ किलो आठ सय ग्राम चाँदी बिक्रीको तयारी भएको निर्देशक हाङवाङले बताए।...