February 9, 2025, Sunday
२०८१ माघ २७
1:37:26 pm

व्यवसायीहरूलाई दिगो निर्यातको लागि मौलिक उत्पादनमा जोड दिन अर्थमन्त्रीको आग्रह

1.5K

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले व्यवसायीहरूलाई दिगो निर्यातको लागि मौलिक उत्पादनमा जोड दिन आग्रह गरेका छन्। निर्यात व्यवसायी महासंघ नेपाल (फिन) को स्थापना दिवसलाई सम्बोधन गर्दै उनले सम्बद्ध व्यवसायीहरूलाई यस्तो आग्रह गरेका हुन्।

अर्थमन्त्री महतले आर्थिक वृद्धि, रोजगारी सृजना, राजस्व वृद्धि, र दिगो विकासलाई प्रवर्द्धन गर्न निर्यातकर्ताहरूले खेल्दै आएको भूमिका महत्त्वपूर्ण रहेको बताउदै दिगो निर्यातमा ध्यान दिन आग्रह गरेका हुन्।

उनले निर्यात व्यवसायी महासंघ नेपाल (फिन) को स्थापना दिवसलाई सम्बोधन गर्दै निर्यात व्यापारलाई देशको अर्थतन्त्रको मेरुदण्डका रूपमा विकास गर्न आवश्यक रहेको औंल्याए। 

Advertisement

व्यवसायीहरूले निर्यात अनुदान लगायत सरकारले प्रतिवद्धता गरेका काम पूरा नगरेका, थप सहुलियतका काम अघि नबढाएको लगायतका गुनासो गरेको अवस्थामा महतले आर्थिक स्रोतको कमीका कारण तत्काल सम्बोधन गर्न नसकिएको बताए। 

उनले भारतसँगको व्यापार सम्झौताबाट फाइदा लिन छाडेर साफ्टाको विषय उठाउन आवश्यक नरहेको बताए।

निर्यातमुखी अर्थतन्त्रका लागि सरकारले वातावरण तयार पार्न सक्दो प्रयास जारी राख्ने उनको प्रतिवद्वता छ। मन्त्री महतले नेपाली उत्पादनहरू उच्च प्रविधियुक्त भन्दा पनि मौलिक हुनुपर्ने बताए।