November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

लिलाममा राखियो पाथीभराको १७८ तोला सुन

२०८० फाल्गुन २२

2.1K

ताप्लेजुङ । ताप्लेजुङमा अवस्थित प्रसिद्ध पाथीभरा मन्दिरमा भक्तजनले चढाएको सुनचाँदी लिलाम प्रक्रिया अगाडि बढाइएको छ । पाथीभरा क्षेत्र विकास समितिले १७८ तोला सुन र पाँच हजार तोला चाँदी बिक्री गर्न लागेको हो ।

पाथीभरा क्षेत्र विकास समितिका अनुसार विसं २०७९ देखि २०८० मंसिर १६ गतेसम्म पाथीभरामा चढाएका सुनका गरगहना सङ्कलनपछि प्रशोधन गरेर १७८ तोला ८२ लाल सुन निकालिएको र त्यसलाई लिलाम बिक्रीको प्रक्रियामा राखिएको हो । २०७६ देखि २०८० मङ्सिर १६ गते सम्ममा पाथीभरामा पाँच हजार २९८ तोला १२ लाल चाँदी सङ्लन भएको र त्यसलाई पनि बिक्री गर्ने प्रक्रिया प्रारम्भ गरिएको छ ।

सुनको मूल्य प्रतितोला एक लाख २१ हजार र चाँदीको मोल प्रतितोला एक हजार ४१० कायम गरिएको छ । सुनचाँदी खरिद गर्न इच्छुक फर्म वा व्यक्तिलाई २१ दिनको समय दिएर बोलपत्र आह्वान गरिएको छ ।

Advertisement