काठमाडौं । मुक्तिनाथ विकास बैंकले वित्तीय साक्षरता अभियान अन्तर्गत विभिन्न स्थानहरूमा ‘बैंकिंङ साक्षरता’ कार्यक्रम सम्पन्न गरेको छ । कास्कीको पोखरा ३३ स्थित सरसस्वती टीका स्कूल र कैलालीको धनगढी ४ स्थित सिसिएस कलेजमा वित्तीय साक्षरता कार्यक्रम भएको हो ।
यस्तै, बैंकले ललितपुरको इमाडोल १ स्थित स्टार फुडल्यान्ड नजिकको परिसरमा र सुर्खेतको विरेन्दनगर ११ स्थित देउतीबजै मन्दिर परिसरमा पनि वित्तीय साक्षरता कार्यक्रम गरेको छ ।
कार्यक्रमहरूमा बैंकिङ सेवा सुविधा, डिजिटल बैंकिङ प्रविधि, बचत खातालगायत बैकिङ क्षेत्रका विविध आयामबारे जानकारी गराएको थियो । अभियानबाट स्थानीय तहमै वित्तीय सुविधाबारे चेतना तथा पहुँच पु¥याउने उद्देश्य बैंकको छ ।