November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

बेलायतमा टेनिस स्टार राडुकानुलाई पछ्याउने नेपाली अमृत दोषी ठहर

5.9K

लन्डन । युएस ओपन टेनिस च्याम्पियन इमा राडुकानुलाई पछ्याउने ३५ वर्षीय एक युवक दोषी ठहर भएका छन् । शुक्रबार ब्रोम्ली मजिस्ट्रेटको अदालतले अमृत मगरलाई दोषी ठहर गरेको ब्रिटिस मिडियाहरूले जनाएको हो ।

दक्षिण लन्डनस्थित १९ वर्षीय ब्रिटिस टेनिस खेलाडी राडुकानुको घरको ढोकाको क्यामेरा फुटेजमा मगर धेरै पटक देखिएका थिए । चालक मगरले फूलहरू र प्रेमपत्र राडुकानुको घरको ढोकामा छाडेको डेली मेलले जनाएको छ । त्यसपछि राडुकानुले आफू असुरक्षित भएको भन्दै उजुरी दिएकी थिइन् ।

राडुकानुले अदालतलाई दिएको बयानमा भनेकी छिन्,‘यो सबै भएको बेलादेखि एक्लै बाहिर जाँदा डर लाग्छ ।’

Advertisement

गत वर्ष राडुकानुको खेल हेरेपछि मगरले उनलाई पछ्याउने थालेका थिए । त्यसपछि उनले राडुकानुको घर पत्ता लगाएर त्यहाँ पुग्ने गरेका थिए ।

अब मगरलाई अर्को महिना अदालतले सजाय सुनाउनेछ ।