November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

एनआरएन युके नेपाली खाना प्रवर्धन समितिको संयोजकमा भानुभक्त घिमिरे

2.7K

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले भानुभक्त घिमिरेको संयोजकत्वमा नेपाली खाना बिकास प्रवर्धन विभाग गठन गरेको छ । एनआरएनए युके कार्यसमिति सदस्य भानुभक्त घिमिरेको संयोजकत्वमा सल्लाहकारसहित १० जना रहेका छन् ।

त्यस्तै, संयुक्त कोअर्डिनेटरद्वयमा दशरथ खरेल र राम पन्थी रहेका छन् भने शिव पराजुली सदस्य सचिव, कोषाध्यक्ष दिलाराम गौतम, सदस्यहरुमा नवराज भण्डारी, दिनेश कंडेल र भक्ती भण्डारी छन् । त्यस्तै, विभागको सल्लाहकारमा दधि आचार्य र यदुमणि सापकोटा छन् । विभागले विशेष गरि बेलायतभर नेपाली खानालाई प्रवर्धन गर्ने मुख्य उद्देश्य राखेको छ ।

संयोजक घिमिरेविभागले बेलायतमा नेपाली खाना प्रवर्धनका लागिका अनुसार सम्बन्धित निकायसँग मिलेर काम गर्ने योजना रहेको छ । नेपाली खाना प्रवर्धनका लागि विशेष गुरु योजना ल्याउने र यसअघि सम्बन्धित निकायसँग छलफल गर्ने जानकारी घिमिरेले जानकारी दिए । हरेक बर्ष नेपाली खानासहित फुड फेस्टिबल कार्यक्रमको आयोजना, ५ खानाहरु एकै खालको बनाउने, हरेक बर्ष वेस्ट नेपाली खाना अवार्डको आयोजना विभागले गर्ने महत्वपूर्ण उद्देश्य लिएको छ ।

Advertisement

त्यस्तै, बेष्ट सेफ अवार्डको घोषणा र नेपाली हस्पिटालिटी क्षेत्रमा कार्यरतको कर्मचारीका लागि आकस्मिक दुर्घटना विमाको लागि च्यारिटि बक्सको व्यवस्था गर्ने योजना चाडै कार्यान्वयनमा लैजाने संयोजक घिमिरेले बताए ।