हाम्रो मर्जीले मात्र चल्दैन जीवन
न परेसं विलोमानी, न परेसं कताकतं। अत्तनो व अवेक्खेय्य, कतानी अकतानी च।। -धम्मपद अस्तित्वमा के हुनुपर्थ्यो, के हुनु पर्दैन्थ्यो, अरूले के गर्यो के गरेन, कहाँ के भयो के भएन भनेर चिन्ता गर्नुभन्दा मेरो जीवनमा के भयो र मैले के गरेँ, के गर्दैछु आफ्नै बारेमा जान्नु बुद्दिमानी हुनेछ। मानिस विवेकशील प्राणी हो यो दोहोर्याइ रहनु पर्दैन। सृष्टिको सृजना...