March 12, 2025, Wednesday
२०८१ फाल्गुन २९
1:37:26 pm

किसानले उत्पादन गरेका वस्तुको बजार सरकारले सुनिश्चित गर्छ : पद्मा अर्याल

3.5K

काठमाडौं- भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले किसानले उत्पादन गरेका वस्तुका लागि बजारको सुनिश्चितता सरकारले गर्ने बताएकी छन्। शुक्रबार काठमाडौंमा केन्द्रीय सहकारी बजारको उद्घाटन गर्दै सहकारीको माध्यमबाट किसानले उत्पादन गरेका उत्पादनको बजार सुनिश्चितता गरिने बताएकी हुन्।

सरकारले सहकारीको माध्यमबाट २६ वटा बजार निर्माण गर्ने अभियान चलाएकोले किसानको उत्पादनको बिक्री तिनै बिक्री केन्द्रबाट सुनिश्चित गरिने उनको भनाइ छ। यस्तै किसानहरुले उत्पादन गरेका वस्तु बिक्री गर्न सहकारीहरुले आफै बजारको स्थापना गर्नुपर्नेमा उनको जोड छ।

‘किसानले आफ्नो पसिनाको मूल्य नपाउने स्थितिको अन्त्य हुनेछ। अहिले बजार सरकारको नियन्त्रणमा नहुँदा किसानले लगानी उठाउन गाह्रो भएकोले बिचौलियालाई हटाउँदै, किसान, बजार र उपभोक्ताको दुरी कम गर्ने अभियान शुरु भइसकेको छ,’ उनले भनिन्।

Advertisement

सहकारी बजारको माध्यमबाट किसानलाई मुनाफाको अधिक अंश दिने व्यवस्था गरिने पनि मन्त्री अर्यालको भनाइ छ।