April 21, 2025, Monday
२०८२ बैशाख ९
1:37:26 pm

विवेकशील साझा पार्टी प्रगतिशील एजेन्डा बोक्ने पार्टी हुनेछ : संयोजक मिलन पाण्डे

8.5K

काठमाडौं- नवगठित विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले आफूहरुको पार्टीले प्रगतिशील एजेन्डा बोक्ने बताएका छन्। बुधबार आयोजित भर्चुअल पार्टी एकता घोषणा कार्यक्रममा उनले पार्टी लोकतान्त्रिक हुने र प्रगतिशील एजेन्डा बोक्ने बताएका हुन्।

‘युवा, महिला, मजुदूर लगायतको पार्टी बनाउनेछौं। विदेशमा रहेका नेपालीहरुको हकहित संरक्षण गर्ने पार्टी बनाउनेछौं,’ भर्चुअल सम्बोधनमा पाण्डेले भने।

उनले विगतमा जानेर वा नजानेर पार्टी विभाजन गरेको बताए। त्यसलाई राजनीतिक दुर्घटनाको रुपमा अर्थ्याउँदै उनले केही समय अलगअलग रहेकोमा माफी समेत मागे।

Advertisement

‘हिजोको दिनमा पार्टी विभाजन राजनीतिक दुर्घटना थियो। त्यो जानेर नजानेर भयो। त्यो पार्टी विभाजनको गम्भीर समीक्षा गर्‍यौं। ५-६ महिना गहिरो चिन्तन गर्‍यौं। हामीमा रहेका संरचनागत, नीतिगत र व्यवहारिक समस्यामा गहिरो चिन्तन गरेका छौं र ती गल्तीलाई नदोहोर्‍याउने प्रतिबद्धता गरेका छौं’, उनले भने।

उनले आफूहरुले सत्तामा पुग्ने मात्रै होइन, पुगेर डेलिभर गर्ने पार्टीको रुपमा स्थापित गर्दै जाने बताए।

यसअघि २०७४ साउन ११ गते यी दुई दलबीच एकता भएको थियो।