June 24, 2025, Tuesday
२०८२ असार १०
1:37:26 pm

‘बहालवाला प्रधानमन्त्रीलाई मुद्दा लगाउनै पाइन्न भनेको हैन, मज्जाले पाइन्छ !’

२०७९ फाल्गुन २२

1.1K

काठमाडौं । बहालवाला प्रधानमन्त्रीलाई मुद्दा लगाएर निहुँ खोजेको अभिव्यक्ति दिएपछि विवादमा आएका नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले यसको स्पष्टिकरण दिएका छन्। भट्टराईले प्रधानमन्त्रीलाई मुद्दा लगाउन पाइने भए पनि ‘जनयुद्धकालीन’ मुद्दा भने सत्य निरूपण तथा मेलमिलाप आयोगले हेर्ने भन्दै प्रष्टीकरण दिएका हुन्।

भट्टराईले आइतबार शहीद तथा बेपत्ता योद्धा सन्तति फाउण्डेशनले काठमाडौंमा गरेको अन्तर्क्रियामा बोल्दै बहालवाला प्रधानमन्त्रीमाथि मुद्दा लगाउनु भनेको निहुँ खोजेको र माओवादीलाई जिस्क्याउनु रहेको टिप्पणी गरेका थिए। तर यसको चर्को आलोचना भएपछि उनले आफ्नो भनाई सच्याएका छन्।

सोमबार ट्वीट गर्दै उनले भनेका छन्, ‘सानो स्पष्टीकरण, बहालवाला प्रमलाई मुद्दा लगाउनै पाइन्न भनेको हैन ! मज्जाले पाइन्छ ! म आफै प्रम छॅदा थुप्रै मु्द्दा खेपेको छु,अदालतमा हाजीर भएको छु ! तर शान्तिसम्झौता अनुसार जनयुद्धकालीन मुद्दा टीआरसीले हेर्ने हो, नियमित अदालतले हैन ! प्रम प्रचण्डको हकमा पनि त्यही हो ! आवेग हैन विवेकले काम गरौं !!

Advertisement