February 13, 2025, Thursday
२०८१ फाल्गुन २
1:37:26 pm

शान्ति सम्झौताको मर्म र भावना विपरीतका गतिविधिको संयुक्त प्रतिवाद गरिने

२०७९ फाल्गुन २३

1.2K

काठमाडौं । माओवादी धारका पार्टीहरुले विस्तृत शान्ति सम्झौताको मर्म र भावना विपरीतका गतिविधिको संयुक्त प्रतिवाद गर्ने निर्णय गरेका छन्।

माओवादी धारका पार्टीहरुबीच मंगलबार प्रधानमन्त्रीको सरकारी निवासमा छलफल भएको थियो। छलफलबाट शान्ति प्रक्रियासँग जोडिएका विषयहरु विस्तृत शान्ति सम्झौताको भावना र मर्मअनुरुप व्यवस्थापन गरिनुपर्छ भन्नेमा पार्टीहरुले दृढता व्यक्त गरेका छन्।

यस्तै, संक्रमणकालीन न्यायको प्रक्रिया विपरीतका काम कारबाहीले शान्ति सम्झौताको कार्यान्वयनमा सहयोग पुर्‍याँदैन भन्ने कुरामा आफूहरु स्पष्ट रहेको बैठकपछि नेताहरुले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। शान्ति सम्झौता र परिवर्तनका विरुद्ध हुने कुनै पनि गतिविधिहरुको प्रतिवाद गर्न हामी एकमत छौं,’ विज्ञप्तिमा भनिएको छ।

Advertisement

विज्ञप्तिमा प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेसपाका अध्यक्ष डा बाबुराम भट्टराई, क्रान्तिकारी माओवादीका सीपी गजुरेल, नेकपाका नेता खड्कबहादुर विश्वकर्मा, नेकपा बहुमतका धर्मेन्द्र बास्तोला, वैज्ञानिक समाजवादी पार्टीका विश्वभक्त दुलाल, नेकपा माओवादी समाजवादीका कर्णजित बुढाथोकी र माओवादी कम्युनिस्ट पार्टीका नारायणप्रसाद धिमालले हस्ताक्षर गरेका छन्।