November 24, 2025, Monday
२०८२ मंसिर ९
1:37:26 pm

राष्ट्रपति भण्डारीले फागुन २९ गतेभित्र शीतलनिवास छाड्ने, आफ्नै घरमा सर्ने

२०७९ फाल्गुन २२

1.5K

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले यही फागुन २९ गतेभित्र शीतलनिवास छाड्ने भएकी छन् । फागुन २५ गते हुने निर्वाचनमार्फत नयाँ राष्ट्रपति आउने भएपछि राष्ट्रपति भण्डारी आफ्नो दोस्रो कार्यकाल पूरा गरेर राष्ट्रपतिको सरकारी कार्यालय छोड्न लागेकी हुन ।

उनी बूढानीलकण्ठ नगरपालिका–२ मा आफैंले बनाएको घरमा सर्ने राष्ट्रपति भण्डारीको सचिवालयले जनाएको छ । संविधानले फागुन २८ सम्म पुरानै राष्ट्रपतिको कार्यकाल तोकेको छ ।

नयाँ निर्वाचित राष्ट्रपतिले प्रधानन्यायाधीशसँग शपथ लिनुपर्ने व्यवस्था छ । फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनको नतिजा सोही दिन आउने निर्वाचन आयोगले जनाएको छ । राष्ट्रपतिमा कांग्रेस नेता रामचन्द्र पौडेल र एमालेका सुवासचन्द्र नेम्वाङबीच प्रतिस्पर्धा हुँदैछ ।

Advertisement