रवीन्द्र मिश्र र धवल शमशेर राणा पक्राउ
काठमाडौं। राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रसहित १७ जनालाई प्रहरीले पक्राउ गरेको छ । तीनकुनेलगायत क्षेत्रमा राजावादीको आन्दोलनका क्रममा ठूलो जनधनको क्षति पुर्याइएपछि उनीहरूलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा मिश्रसहित नेताहरू धवल शमशेर राणा, सेफोर्ड लिम्बु, सन्तोष तामाङ लगायत रहेका छन् । उनीहरूलाई प्रचलित ऐनअनुसार विभिन्न कसूरमा पक्राउ गरिएको प्रहरीको उच्च स्रोतले जनाएको छ । प्रहरीसँगको...